३० आश्विन २०८३, शुक्रबार

लमजुङका पहिरोपीडितलाई जर्मनीमा बस्दै आएका नेपालीहरूबाट सहयोग

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जर्मनी । लमजुङस्थित पल्लोटारी तरापुमा गएको पहिरोबाट प्रभावित भएकाहरूका लागि जर्मनी एवम् युरोपमा बस्दै आएका नेपालीहरूले सहयोग गरेका छन् ।

लमजुङमा जन्मेर जर्मनी कर्मथलो बनाउँदै आएका राजेन्द्र भण्डारीले एकल संयोजकत्वमा आफ्नै गाउँमा आएको पहिरोमा परि प्रभावित भएका ८२ घर परिवारका लागि राहत संकलन गरिएको हो ।

पहिरोले बगाएर बस्ती नै सार्नुपर्ने दुखद् अवस्थामा आफू र साथीहरूको सहयोगमा तीन लाख तीस हजार नगद रकम पहिराेपीडितहरूलाई सहयोग गरिएको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

उक्त रकम कात्तिक ६ गते हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । भण्डारी लमजुङ, मर्स्याङदी गाउँपालिका वडा नं. ३ खुदी, तरापु जन्म घर भई त्रिभुवन विश्वविद्यालयमा एम.ए. ईङग्लिस अध्ययनको क्रममा बिदेश अध्ययनका लागि जर्मनी गएका हुन् ।

उनले युनिभर्सिटी अफ एप्लाईड साईन्सबाट ईन्टर कल्चरल कम्युनिकेशन र युरोपियन स्टडिज एमएमा माष्टर डिग्री पश्चात जर्मनीलाई नै कर्मभूमि बनाउँदै आएका छन् ।

जर्मनीस्थित म्युनिक शहरका स्थायी बासिन्दा एवं जर्मनीको अनौपचारिक शिक्षण क्षेत्रमा पेडागोगको रुपमा उनी कार्यरत छन् ।