७ कार्तिक २०८३, शनिबार

दशैंमा बिओके स्मार्टबाट डिजिटल दक्षिणामा तीन सयसम्मको नगद उपहार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कात्तिक । दशैंको उपलक्ष्यमा बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरूलाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ ।

कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गर्दै यस वर्षको बडा दशैंमा ब्यक्तिगत दुरी कायम गरी चाडपर्व मनाउन बैंकले विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

दशैंमा साधारणतया आफ्नो मान्यजनहरूबाट आशीर्वाद लिई दक्षिणा स्वरुप पैसा लिनेदिने चलन चल्दै आएको थियो ।

ब्यक्तिगत दुरी कायम राख्न सहयोग पुग्ने हेतुले यस बैंक अफ काठमाण्डू लिमिटेडले तीनमा तीन सय नगद उपहार योजना ल्याएको हो ।

चाडपर्वलाई हर्षउल्लासको साथ मनाउन बैंकको ग्राहक महानुभावहरूले तीन पटक भिन्न–भिन्न ब्यक्तिलाई बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी दक्षिणा प्रदान गर्दा रु. १००० वा सोभन्दा बढि भएमा रु. ३०० नगद उपहार लागि ग्राहक महानुभावहरू योग्य हुनेछन् ।