
काठमाडौँ, ५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना कोषलाई २ महिनाको पारिश्रमिक प्रदान गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा चालु आर्थिक वर्षको आफ्नो २ महिनाको तलब प्रदान गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमार्फत वुधबार यस विषयमा जानकारी दिएका हुन् ।
प्रवक्ता दाहालका अनुसार राष्ट्रपति भण्डारीले आफूलाई चाडवाडबापत प्राप्त रकम पनि कोरोना कोषमा जम्मा गर्ने भएकी हुन् ।















प्रतिक्रिया