
काठमाडौँ, ५ कात्तिक । नेपालमा गत २४ घण्टामा थप २ हजार ९ सय ९६ जनाले कोरोना जितेका छन् ।
वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ९६ जना संक्रमणमुक्त भएको जानकारी दिए ।
योसहित निको हुनेको संख्या ९९ हजार ६ सय ५ पुगेको छ ।
त्यस्तै, गत २४ घण्टमा देशभर थप ५ हजार ७ सय ४३ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ ।
हाल देशभर ४४ हजार ४ सय ७६ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ७ सय ९१ जना पुगेको छ ।















प्रतिक्रिया