३ कार्तिक २०८३, मंगलबार

‘एकमुठी चामल’मा नारायण गोपालको कम्पोज, शिशिर योगीको स्वर

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक शिशिर योगीको स्वरमा ‘एकमुठी चालम’ बोलको गीत सार्वजनिक भएको छ ।

स्वर सम्राट स्व.नारायण गोपालको कम्पोज रहेको यो गीतलाई रत्नशम्शेर थापाले लेखेका हुन् । गीतको एरेञ्ज अमुल कार्की ढलीले गरेका छन् । गीत लोक आधुनिक शैलीमा छ ।

नारायण गोपालले कम्पोज गरेको यो गीत बिरलैमा पर्छ । गायक योगीले नारायण गोपाल र रत्नशम्शेर थापाको सम्मानमा गीत गाएका हुन् ।

‘यो गीत गाउन पाउनु मेरो सौभाग्य ठान्छु’, गायक योगीले भने, ‘नारायण गोपालद्वारा कम्पोज गरिएको गीतहरू बिरलै छन् । यस्तो ऐतिहासिक गीत मेरा लागि अत्यन्तै महत्वपूर्ण छ ।’

गीतको म्युजिक भिडियोलाई हाइलाइटस नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

https://www.youtube.com/watch?v=YecRar7vmLA&feature=share