काठमाडाैं । नायक पल शाह र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले एक साथ अभिनय गरेको फिल्म ‘रेड वाइन’को फस्ट लुक सार्वजनिक भएको छ ।
अमेरिकामा रहेका रमेश एमके पौडेलले निर्माण गर्ने यो फिल्मको छायांकन पनि अमेरिकामै हुनेछ ।
फिल्ममा सन्दीप क्षेत्री र अमेरिकामा मोडलिङमा सक्रिय इमिली लामा पनि मुख्य भूमिकामा देखिने छिन् ।
आर्यन फिल्म्स प्रोडक्सन प्रालि र बोधि एचडी अमेरिकाको ब्यानरमा निर्माण हुने यो फिल्मको पटकथा र संवाद सवीर श्रेष्ठले तयार पारेका हुन् ।















प्रतिक्रिया