भक्तपुर, ५ कात्तिक । भक्तपुर प्रहरीले मोबाइल रिचार्जको पिन नम्बर पछ्याउँदै मोटरसाइकल चोरी गर्ने समूहका तीन जनालाई पक्राउ गरेका छ ।
महानगरीय प्रहरी वृृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले रिचार्ज कार्डको आधारमा एकैदिन चोरी भएका चार वटा मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेकाे हो ।
प्रहरीले रामेछापको ठोसे ३ घर भई हाल भक्तपुरको मध्यपुर थिमि- ८ बोडे बस्ने १८ वर्षीय अरुण तामाङ, दोलखाको भीमेश्वर नपा ४ घर भई हाल बोडेमै बस्ने २२ वर्षीय महेश तामाङ र सिन्धुपाल्चोक पाचँपोखरी थाङपाल गाउँपालिका ७ घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा नपा ९ मूलपानी बस्ने २९ वर्षीय मनोज लामालाई नियन्त्रणमा लिएको जनाएकाे छ ।
उनीहरुको साथबाट लु ६३ प ७०७४ नम्बरको २२० सीसीको एनएस पल्सर मोटरसाइकल, प्रदेश ३–०३–०१० प १५६७ नम्बरको २२० सीसीकै रातो कालो रंगको पल्सर मोटरसाइकल, प्रदेश ३–०२–०१८ प ४७४१ नम्बरको २२० सीसीकै नीलो पल्सर मोटरसाइकल र प्रदेश ३–०२–००३ प ३८३५ नम्बरको २२० सीसीकै सेतो रंगको एनएस पल्सर मोटरसाइकल बरामद भएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।
उनका मध्यपुर थिमि- ३ कौशलटारबाट सोमबार बिहान चोरी भएको लु ६३ प ७०७४ नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरेर प्रदेश ३–०२–०१७ प ६१६७ बनाइसकेको थियो ।















प्रतिक्रिया