शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

वागमती प्रदेशमा कोरोनाको निःशुल्क उपचार

दैनिक नेपाल २०७७ कार्तिक ४ गते २१:१९

हेटौँडा, ४ कात्तिक । वागमती प्रदेशमा कोरोाभाइरसको निःशुल्क परीक्षण र उपचार कायम रहेको छ ।

सरकारले कोरोनाको परीक्षण र उपचार व्यक्ति स्वयमले खर्च गर्नुपर्ने निर्णय गरेपनि वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले वाग्मती प्रदेश सरकार अन्र्तगतका प्रयोगशाला र अस्पतालमा कोरोनाको परीक्षण र उपचारमा कुनै शुल्क नलाग्ने बताएका छन् ।

मन्त्री दुलालले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत् प्रदेशमा कोरोना संक्रमणको उपचारमा कुनै शुल्क नलाग्ने बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बागमती प्रदेश सरकार अन्तर्गतका प्रयोगशाला र अस्पतालबाट कोभिड–१९ को परिक्षण र उपचार साविक बमोजिम निःशुल्क रहिरहेको र दशैंको बिदामा पनि परिक्षण र उपचार सुचारु रहिरहने ब्यहोरा आम प्रदेशबासीमा जानकारी गर्दछु ।’

सरकारले कोरोनाको परीक्षण र उपचार आफैँले गर्नुपर्ने निर्णयको चौतर्फी विरोध भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित