८ कार्तिक २०८३, आइतबार

फेसबुकमा बलात्कारी संगठन नामक ग्रुप बनाउने मुख्य व्यक्ति पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ४ कात्तिक । सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी संगठनको नामक समुह बनाउने एक मुख्य व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त ग्रुपमार्फत महिलालाई अपमान गरी हैरानी दिने, सामाजिक सद्भाव, शिष्टाचार बिरुद्ध सामग्री पोष्ट गरी प्रतिक्रिया जनाउने कार्यमा संलग्न रहेको अभियोगमा पाल्ला माथागढी गाउँपालिका १ का अभिषेक नेपाललाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

अभिषेकले उक्त संगठन नामक पेज तथा समुह बनाई बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले अश्लील, आपत्तिजनक सामग्री पोष्ट गर्ने, प्रतिक्रिया जनाउने लगायतका कार्य भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पाल्पाको सहयोगमा उक्त कार्यमा संलग्न उनलाई उनकै घरबाट पक्राउ गरेको हो ।

उनले विद्युतिय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अनुसार कसूर गरेको खुलेपश्चात पक्राउ गरी उनी उपर थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।