बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

गण्डकी प्रदेशमा कोरोना संक्रमितको उपचार निःशुल्क

दैनिक नेपाल २०७७ कार्तिक ४ गते १९:१६

पोखरा, ४ कात्तिक । गण्डकी प्रदेश सरकारले प्रदेशभरी कोरोना संक्रमितको उपचार निःशुल्क भइरहेको जनाएको छ ।

प्रदेशमा कोरोना संक्रमित बिरामीको उपचार निःशुल्क भइरहेको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले स्पष्ट पारेका छन् ।

गण्डकी सरकार नागरिकको दायित्वबाट पछि नहटेको जनाएको छ ।

हाल गण्डकीका ३८ स्थानका आइसोलेसनमा उपचार भइरहेको जनाइएको छ । गुरुङका प्रेस संयोजक न्यौपानेका अनुसार कोरोनाको पीसीआर परीक्षण र उपचार खर्च गण्डकी सरकारले नै व्यहोर्दै आएको र यो सेवा निरन्तर हुने जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित