शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

सरोज, मेलिना र कल्याणको स्वरमा ‘खाँडादेवी माई’

दैनिक नेपाल २०७७ कार्तिक ४ गते ११:०१

काठमाडौं । गायकद्वय सरोज लामिछाने र कल्याण रत्न कार्की तथा गायिका मेलिना राईको स्वरमा ‘खाँडादेवी माई’ बोलको गीत रिलिज भएको छ ।

युट्युबबाट रिलिज भएको गीतको शब्द र संगीत सरोज लामिछानेकै हो । गीतको एरेञ्ज आरके मिलनले गरेका हुन् ।

म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफर प्रकाश भट्टले गरेका छन् ।

दिलीप रायमाझी, अञ्जली अधिकारीले म्युजिक भिडियोमा अभिनय गरेका छन् । भिडियोका सम्पादक विष्णु शर्मा हुन् ।

प्रतिक्रिया
सम्बन्धित