शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अपहरणमा संलग्न फरार मेचे ६ वर्षपछि पक्राउ

दैनिक नेपाल २०७७ कार्तिक ४ गते ९:०५

काठमाडौं, ४ कात्तिक । अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी झापा मेचीनगर नगरपालिका-१२ बस्ने ३८ वर्षीय नरेश मेचेलाई घटनाको ६ वर्षपछि आइतबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत झापाको २०७३ असार २१ गतेको फैसलाले संगठित रुपमा मानव अपहरण गरी शरीर बन्धक बनाएको र ज्यान मार्ने उद्योग मुद्दामा १७ वर्ष कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२९ गोंगबुस्थित होटेल काठमाडौं ईनबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएकाे छ ।

झापा बिर्तामोड नगरपालिका-६ बस्ने पुरुषलाई २०७१ माघ १८ गते मेचे समेतका व्यक्तिहरूले हतियार देखाई अपहरण गरी झापा धरमपुरस्थित घरमा बन्धक बनाई राखेको अवस्थामा माघ २३ गते प्रहरीले पीडितलाई अपहरणमुक्त गरेको थियो ।

सो क्रममा १ जना प्रहरी कर्मचारी घाइते समेत भएको उक्त घटनामा जिल्ला अदालत झापाले मेचेलाई उक्त कैद तथा जरिवाना फैसला गरेको थियो ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित