७ कार्तिक २०८३, शनिबार

प्रभु बैंकको लिवाङ शाखा कार्यालय सञ्चालनमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ कात्तिक । प्रभु बैंक लिमिटेडले कात्तिक ३ देखि रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. ४ स्थित लिवाङमा आफ्नो २१० औँ शाखा खोली सञ्चालनमा ल्याएको छ ।

बैंकको लिवाङ शाखा कार्यालयको समुद्घाटन रोल्पा नगरपालिकाका मेयर पुर्ण केसीले विहान १०ः२० बजे गरेका हुन् ।

बैंकको लिवाङमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी केसीले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै बैंकलाई सफलताको शुभकामना व्यतm गरे ।

बैंकको लिवाङमा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा लिवाङ शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।