शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सरकारले कोरोनाको उपचारबाट हात झिकेको छैन : मन्त्री गुरुङ

दैनिक नेपाल २०७७ कार्तिक ३ गते २१:०८

काठमाडौँ, ३ कात्तिक । सरकार नागरिकको स्वास्थ्य प्रति गम्भीर भएको सरकारका प्रवक्ता एवं सूचना एवं सञ्चार मन्त्री पार्वत गुरुङले प्रष्ट पारेका छन् ।

त्यस्तै, मन्त्री गुरुङले सरकारले कोरोना उपचारबाट हात नझिकेको पनि स्पष्ट पारेका छन् ।

‘सरकारले कोरोना उपचारमा हात झिकेको हो कि भन्ने कतै आएको होला, त्यस्तो छैन । कोरोना संक्रमणको उपचारमा सरकार गम्भीर छ । उपचारको व्यवस्था भइरहेको छ’, गुरुङले सरकारका निर्णय सार्वजनिक गर्दै भने ।

उनले राज्यले कसैलाई पनि कोरोना उपचारबाट बञ्चित नगर्ने नीति लिएको र सोही अनुसार कार्य गरिरहेको बताए ।

त्यस्तै, मन्त्री गुरुङले दसैँमा घरमै बसेर सामान्य रुपमा मनाउन पनि सरकारका तर्फबाट आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित