शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

श्रोत नखुलेको नगद साढे १२ लाख बरामद

दैनिक नेपाल २०७७ कार्तिक ३ गते २०:५७

 

बारा, ३ कात्तिक । सिम्रौनगढ नगरपालिका ९ कचोर्वास्थित पिपरा घाटबाट श्रोत नखुलेको नगद १२ लाख ३४ हजार ५ सय ९५ रुपैयाँ सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका अपरिचित व्यक्तिले जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरीलाई देख्ना आफूले बोकेको झोला छाडी फरार भएपश्चात झोला जाँच गर्ने क्रममा विभिन्न दरका उक्त नगद बरामद भएको हो ।

बरामद रकम आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित