शुक्रबार, १२ मंसिर २०७७
DainikNepal.com
शुक्रबार, १२ मंसिर २०७७

पाल्पामा थप २ जना कोरोना संक्रमितको मृत्यु

दैनिक नेपाल २०७७ कार्तिक ३ गते १९:१७


पाल्पा, ३ कात्तिक । पाल्पाका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकहरु तानसेन नगरपालिका अन्तरगत वडा नं. २ का ८५ वर्षीया र तानसेन ७ का ३३ वर्षीया पुरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

दुवै मृगौला फेल भएका र निमोनियाको समस्या रहेका ३३ वर्षीय पुरुषको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

यस्तै तानसेन नगरपालिका २ का ८५ वर्षीया पुरुषको भने तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा शनिबार मृत्यु भए पनि आजमात्र कोरोनाको पोजेटिभ रिपोर्ट आएको सूचना अधिकारी पन्थीले बताए ।

योसँगै पाल्पामा ६ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यस्तै पाल्पामा आजमात्र थप ३० जनामा कोरोना संक्रमण भएपछि संक्रमित संख्या १ हजार २१ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

जसमध्ये ७ सय ७० जना डिस्चार्ज भएका छन भने जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय ४५ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित