८ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री र मन्त्रीहरुको दसैँ भत्ता कोरोना कोषमा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ कात्तिक । प्रधानमन्त्रीसहित मन्त्रीहरुले आफ्नो दसैँ भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई प्रदान गर्ने भएका छन् ।

सोमबार मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले यसबारे जानकारी गराएका हुन् ।

त्यस्तै, उनले प्रदेश र स्थानीय तहका पदाधिकारीलाई पनि दसैँ भत्ता कोरोना कोषमा जम्मा गर्न आग्रह गरे ।