८ कार्तिक २०८३, आइतबार

सवारीमा सिटभरी यात्रु राख्न पाइने, चैत ११ अघिकै भाडा लिनुपर्ने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ कात्तिक । सिटभरी यात्रु राख्न पाउने भएपछि अबदेखि सार्वजनिक सवारी साधनले चैत ११ गते अघिकै भाडा लिनुपर्ने भएको छ ।

सरकार प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले सोमबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सार्वजनिक सवारीमा पूर्ण क्षमतामा यात्रु राख्न पाउने र भाडा पनि चैत ११ गते पहिलाकै मात्र लिन पाउने निर्णय भएको जानकारी गराएका हुन् ।

यसअघि आधा सिटमा यात्रु राख्न पाउने र ५० प्रतिशत बढी भाडा लिन पाउने सरकारले निर्णय गरेको थियो ।