बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङलाई कोरोना पुष्टि

दैनिक नेपाल २०७७ कार्तिक ३ गते १७:२२

काठमाडौँ, ३ कात्तिक । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

कोरोनाका लक्षण देखिएपछि परीक्षण गराएका नेम्बाङ सोमबार रिपोर्ट पोजेटिभ आएको हो ।

हाल उनी क्वाटरमै आइसोलेसनमा बसेका छन् ।

मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा आएकाहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

यसअघि पर्यटन मन्त्री योगेश भट्टराई र शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया
सम्बन्धित