शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

निको भए साढे ९४ हजार कोरोना संक्रमित

दैनिक नेपाल २०७७ कार्तिक ३ गते १७:१३

काठमाडौँ, ३ कात्तिक । नेपालमा गत २४ घण्टामा थप २ हजार ३ सय ३५ जनाले कोरोना जितेका छन् ।

सोमबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ३५ जना संक्रमणमुक्त भएको जानकारी दिए ।

योसहित निको हुनेको संख्या ९४ हजार ५ सय १ पुगेको छ ।

सोमबार पछिल्ला २४ घण्टामा थप ३ हजार ७ सय ९० जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

हाल देशभर ४० हजार ७ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ७ सय ५७ जना पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित