मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

थप ३७ सय ९० जनामा कोरोना पुष्टि, ४० हजार नाघे सक्रिय संक्रमित

दैनिक नेपाल २०७७ कार्तिक ३ गते १६:३९

काठमाडौँ, ३ कात्तिक । नेपालमा थप ३ हजार ७ सय ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ९० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २ हजार ३ सय ३५ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ९४ हजार ५ सय १ पुगेको छ ।

हाल देशभर ४० हजार ७ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ७ सय ५७ जना पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित