८ कार्तिक २०८३, आइतबार

आफ्नै श्रीमतीको हत्या अभियोगमा पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

झापा, ३ कात्तिक । आफ्नै श्रीमती २७ वर्षीया संगीता राईको हत्या गरेको अभियोगमा मेचीनगर नगरपालिका ४ समायोजन टोल बस्ने ३४ वर्षीय पर्वत राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पर्वतले सामान्य बिबादको कारण संगीतालाई कुटपिट गर्दा घटनास्थमलमै मृत्यु भएको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकँभिट्टा र प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।