बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

कर्णालीका मुख्यमन्त्री शाहीको पद बच्यो

दैनिक नेपाल २०७७ कार्तिक ३ गते ९:०४

काठमाडौं, ३ कात्तिक । कर्णाली प्रदेशको विवादलाई नेकपाले सहमतितिर लगेको छ । तत्कालका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद बचेको छ ।

कर्णाली प्रदेशका सांसद एवम् अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने नेता मायाप्रसाद शर्माले विवाद समाधानतिर गएको बताए । ‘मुख्यमन्त्रीले राम्रो काम गर्न सक्नु भएन । तर, विवाद समाधानतिर गएको छ’, एउटा रेडियोसँग सोमबार बिहान कुरा गर्दै उनले भने, ‘कुरा मिल्छ । दुबै पक्षका नेताहरूबीच सामूहिक कुराकानी भएको छ ।’

कसरी कुरा मिल्छ भन्ने विषयमा शर्माले केही भनेका छैनन् । शर्माले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालसँग भएको सम्वादहरू सकारात्मक रहेको बताए ।

कर्णाली प्रदेशमा यमलाल कँडेलसहितका प्रदेश सांसदहरूले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद समाधानका लागि नेताहरूलाई काठमाडौं बोलाइएको थियो ।

अध्यक्षद्वय ओली र दाहालले नेताहरूसँग सम्वाद गरेका छन् । तर, ठोस निर्णय दिइसकेका छैनन् । तत्कालका लागि शाहीको मुख्यमन्त्री पद जोगिएको छ । अब कर्णाली प्रदेशको मन्त्रिपरिषद पुनर्गठनदेखि अन्य विभिन्न विषयमा छलफल केन्द्रित हुन सक्ने नेताहरूको भनाइ छ ।

शाहीले कारबाही गरेर अन्य प्रदेश सांसदहरूलाई दिइएको जिम्मेवारीका विषयमा पनि सहमति हुने नेताहरूको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित