९ कार्तिक २०८३, सोमबार

कोरोनाको उपचारका लागि सबै अस्पताललाई ५० प्रतिशत बेड छुट्याउन निर्देशन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ कात्तिक । सरकारले देशका सबै प्रकारका अस्पताललाई ५० प्रतिशत बेड कोरोना संक्रमणको उपचारका लागि छुट्याउन निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निजी, सामुदायिक, सरकारी अस्पताल र मेडिकल कलेजहरूले कम्तिमा ५० प्रतिशत बेड कोरोना संक्रमितका लागि छुट्याउनै पर्ने जनाएका छन् ।

पछिल्लो कोरोना संक्रमणको दर बढेर बेडको अभाव हुन थालेपछि सरकारले यस्तो निर्णय गरेको प्रवक्ता गौतमले बताए ।

सरकारले सबै किसिमका अस्पतालहरूलाई आइसियूसहित सबै बेडमध्ये कम्तिमा ५० प्रतिशत संक्रमितको उपचारका लागि छुट्याउन भनेको हो ।

तर यसअघिको निर्देशनमा पनि अस्पतालहरुले सरकारको निर्देशनअनुसार बेड छुट्याएका थिएनन् ।