८ कार्तिक २०८३, आइतबार

थप २३ सय २६ जना कोरोनामुक्त, निको हुनेको संख्या ९२ हजार नाघे

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ कात्तिक । नेपालमा गत २४ घण्टामा थप २ हजार ३ सय २६ जनाले कोरोना जितेका छन् ।

आइतबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय २६ जना संक्रमणमुक्त भएको जानकारी दिए ।

योसहित निको हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ ।

गत २४ घण्टामा थप २ हजार ९ सय ४२ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ ।

हाल देशभर संक्रमितको संख्या ३९ हजार ३ सय ४१ पुगेको छ ।

हाल ३०१ जना आइसियुमा छन र ती मध्ये ६६ जना भेन्टिलेटरमा छन् ।

पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ७ सय ३९ जना पुगेको छ ।