
काठमाडौँ, २ कात्तिक । काठमाडौँ उपत्यकामा थप १ हजार ६ सय ६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
आइतबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा १ हजार ४ सय ६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ गरी उपत्यकामा १ हजार ६ सय ६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
शनिबार उपत्यकामा १ हजार ७ सय ४६ जना संक्रमित थपिएका थिए ।
देशभर आइतबार थप २ हजार ९ सय ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ७ सय ९३ जनाको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया