८ कार्तिक २०८३, आइतबार

थप २९ सय ४२ जनामा कोरोना पुष्टि

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ कात्तिक । नेपालमा थप २ हजार ९ सय ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ४२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २ हजार ३ सय २६ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ ।

हाल देशभर संक्रमितको संख्या ३९ हजार ३ सय ४१ पुगेको छ ।

हाल ३०१ जना आइसियुमा छन र ती मध्ये ६६ जना भेन्टिलेटरमा छन् ।

पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ७ सय ३९ जना पुगेको छ ।