८ कार्तिक २०८३, आइतबार

दसैँ भत्ता पूवलडाकुलाई दिने सांसद शर्माको घोषणा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ कात्तिक । नेकपाका नेता तथा प्रतिनिधि सभाका सांसद जनार्दन शर्माले आफूले पाएको दसैँ भत्ता पूर्वलडाकुलाई दिने भएका छन् ।

विभिन्न स्वास्थ्य समस्या भएर उपचाररत पूर्वलडाकुलाई आफूले पाउने दसैँ भत्ता दिन लागेको शर्माले बताए ।

पूर्वजनमुक्ति सेनाका लडाकु नरेन्द्र बोहोरा अहिले भेन्टिलेटरमा उपचाररत रहेको र दसैँ भत्ता स्वरुपमा आएको रकम उनलाई दिने शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

त्यस्तै, शर्माले अहिलेको कोरोना महामारीको समयमा जनप्रतिनिधिहरुले भत्ता लिने भन्दा पनि आईसीयू र भेन्टिलेटर किन्नमा सहयोग गर्न समेत आग्रह गरेका छन् ।