शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

अमेरिकामा नेपाली मूलका केसीले जिते ४ वटा चित्रकला प्रतियोगिता

दैनिक नेपाल २०७७ कार्तिक २ गते ७:३७

विजय थापा

डिसी । एक दशकदेखि डिसी महानगर क्षेत्रमा बस्दै आएका चित्रकार राजेन्द्र केसीले ४ वटा चित्रकला प्रतियोगिता जितेका छन् ।

काठमाडौँ जावलाखेल घर भै भर्जिनियाको फल्स चर्चमा बस्दै आएका कलाकार केसीले बिगतमा पनि थुप्रै पुरस्कारहरू हात पारेका छन् ।

उनले बिदेशीहरूले आयोजना गरेको विभिन्न चित्रकला प्रतियोगितामा बाजी मारेका हुन् ।

भर्जिनियाको फल्सचर्चमा फल्स चर्च सिटि आर्ट्सद्वारा आयोजना गरिएको खुला दृश्य चित्र चित्रकला प्रतियोगितामा केसीलाई दुई वटामा प्रथम पुरस्कार प्राप्त भएको छ ।

पुरस्कृत हुनुको साथै उनले बेयर अटो ग्रुपबाट नगद १ हजार २ सय डलर र रकस्टार रियालिटी आर्टिस्ट ग्रुपमा दोश्रो स्थान हासिल गर्दै १ हजार डलर नगद समेत प्राप्त गरेका छन् ।

प्रतियोगितामा आएका दर्शकमध्येले मन पराइएका कुनै एक चित्रलाई मतदान गर्दा सबैभन्दा ज्यादा मत ल्याउनेलाई प्रथम पुरस्कार र ३५० डलर नगद पाउने हुँदा उक्त प्रतियोगितामा पनि केसीले हात पारेका छन् । उक्त पुरस्कारको नाम नै पीप्लस चोइस अवार्ड रहेको छ ।

द्रुत गतिको चित्रकला २ घण्टाभित्र बनाउनुपर्नेमा समेत केसीले तेश्रो स्थान हासिल गर्दै २ सय ५० डलर जितेका छन् । उक्त पुरस्कारको नाम जुन बेयर आर्ट क्विक ड्र रहेको केसीले बताए ।

उनले दृश्य कला प्रतियोगितामा जित हासिल गर्दै नेपाल र नेपालको नाम राख्न सफल भएका छन । उक्त प्रतियोगामा अमेरिकाका ५० वटै राज्यहरूबाट कलाकारहरूको सहभागिता हुने गर्छ ।

प्रतियोगितामा सहभागी हुन् आवेदन दिएका मध्येबाट ५० जनाभित्रमा छनौट हुनु पर्नु नियम रहेकोले ५० जना मध्ये मै नेपाली मूलका कलाकार केसी परेका थिए । उनले २ वटामा प्रथम,एउटा द्वितीय र अर्कोमा तृतीय पुरस्कार हासिल गरेका छन् ।

फल्सचर्चले हरेक बर्ष चित्रकला प्रतियोगिताको आयोजना गर्छ भने चित्रकारहरुले चित्रकला कुनै पनि स्थानमा गएर तोकिएको समयभित्र चित्रकला बनाउनुपर्ने हुन्छ ।

उक्त प्रतियोगितामा घरभित्र बसेर बनाउन नपाइने र प्राकृतिक कला बनाउनु पर्ने भएकोले केसीले विभिन्न स्थानमा गै चित्रकला वनाएका थिए । उक्त चित्रकला प्रतियोगिता निर्णायकहरु पनि चित्रकारनै रहेका थिए ।

यसको अतिरिक्त यस वर्ष पनि केसीले विभिन्न राज्यहरूमा गै प्रतियोगीमा सहभागिता जनाई पुरस्कारहरू प्राप्त गरेका छन् । मेरिल्याण्डको राजधानी एनापोलिसमा आयोजना भएको प्रतियोगतामा केसी तेश्रो स्थान भएका थिए ।

उक्त प्रतियोगितामा उनका दुई वटा चित्र १ हजार ६ सय डलरमा बिक्री भएका थिए । मेरिल्याण्डको हार्डफोर्ट काउन्टीमा भएको चित्रकला प्रतियोगतामा प्रथम स्थान सहित नगद पुरस्कार र भर्जिनियाको ग्रेट फल्समा भएको प्रतियोगितामा मानार्थ पुरस्कार द्वारा सम्मानित भएका थिए । उनि हाल भर्जिनियाको ग्रेट फल्स र फल्स चर्च शहरहरुमा चित्रकला (आर्ट्स )सिकाउदछन ।

सन् १९९६ देखि नै ब्यबसायिक चित्रकारिता पेशामा संलग्न भएका केसी अमेरिकामा नेपाली मूलका कलाकार जम्दै छन् l

प्रतिक्रिया
सम्बन्धित