बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

२३ किलो सुन प्रकरणमा बीजेपीका नेताको भाइको संलग्नता रहेको खुलासा

दैनिक नेपाल २०७७ कार्तिक १ गते २०:२७

काठमाडौँ, १ कात्तिक । प्रहरीले पर्साको वीरगन्जबाट बरामद गरको करिब २३ किलो सुनमा बीजेपी नेताको भाइको संलग्नता रहेको खुल्न आएको छ ।

उक्त घटनामा भारतको रक्सौलका बीजेपी नेता प्रमोदकुमार सिन्हाका भाइको संग्लनता रहेको खुलेको हो ।

प्रहरीले वीरगन्जबाट महानगरपालिकाको श्रीगणेश अपार्टमेन्टबाट साढे २२ किलो सुन बरामद भएपनि कोही पनि पक्राउ परेका थिएनन् ।

आजतकका अनुसार अशोक सिन्हा बिहारको चुनावमा बिजेपीका तर्फबाट प्रत्यासीका रुपमा हेरिएका प्रमोदकुमार सिन्हाका भाइ हुन् ।

प्रहरीले २ घण्टा बढी अपरेसन चलाएर सुन बरामद गरेको थियो । सुनबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको थियो ।

उक्त सुन नेपालबाट भारत लैजान खोजिएको हुनसक्ने बताइएको छ । पर्सा प्रहरीले भारत पूर्वी चम्मपारण हरैया बस्ने अशोक सिन्हाको बस्ने फ्ल्याटबाट सुन बरामद भएको जनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित