शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

काठमाडौं उपत्यकामा थपिए १७४६ जना कोरोना संक्रमित

दैनिक नेपाल २०७७ कार्तिक १ गते १६:३१

काठमाडौं, १ कात्तिक । बितेको २४ घण्टामा देशभर ३ हजार १६७ जना नयाँ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ७४६ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा देशभर १५ हजार ४३८ जनाको नमूना परीक्षण गरिएको थियो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ जना छन् ।

 

प्रतिक्रिया
सम्बन्धित