बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

देशभर थपिए ३१६७ जना नयाँ संक्रमित, १८०० जना डिस्चार्ज

दैनिक नेपाल २०७७ कार्तिक १ गते १६:२३

काठमाडौं, १ कात्तिक । वितेको २४ घण्टामा देशभर ३ हजार १६७ जना नयाँ संक्रमित थपिएका छन् ।

१५ हजार ४३८ जनाको नमूना परीक्षण गर्दा ३ हजार १६७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार ७४६ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जनामा संक्रमण देखिएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ जना छन् भने कूल संक्रमित संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ ।

यस्तै २४ घण्टामा १ हजार ८०० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ८९ हजार ८४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ७२७ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित