१ कार्तिक २०८३, आइतबार

नेकपा कर्णाली विवाद : प्रधानमन्त्री ओलीले सुने दुबै पक्षको कुराकानी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र कर्णाली प्रदेशमा उत्पन्न समस्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार दुबै पक्षलाई राखेर बालुवाटारमा छलफल गरेको छ ।

कर्णाली प्रदेश नेकपा संसदीय दलका १८ जना सांसदहरूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविस्वासको प्रस्ताव अघि बढाएपछि पार्टी अध्यक्षसमेत रहेका ओलीले दुबै पक्षलाई काठमाडौं बोलाएर छलफल गरेका हुन् ।

प्रधानमन्त्रीको बोलावटपछि बिहीबार नै काठमाडौं आएका कर्णालीका नेताहरुसँग उनले आज (शनिबार) मात्रै भेटघाट गरेका हुन् । छलफलमा पार्टी महासचिव विष्णु पौडेल, सहइन्चार्ज यामलाल कँडेल, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, केन्द्रीय सदस्यद्वय गुलावजङ्ग शाह र चन्द्रबहादुर शाही उपस्थित भएको बालुवाटार स्रोतले बताएको छ ।

दुबै पक्षका कुरा सुनिसकेपछि ओलीले प्रचण्डसँग थप छलफल गरेर उपयुक्त निर्णय लिने र तत्काललाई पार्टीको निर्देशन मान्न ओलीले नेताहरुलाई भनेका छन् ।

यसअघि कर्णालीका नेताहरुसँग अध्यक्ष प्रचण्डले बिहीबार र शुक्रबार दुवै पक्षसँग छलफल गरिसकेका छन् ।