बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

पैसाको प्रलोभनमा गरिने धर्म परिवर्तनलाई रोक्नुपर्छ : कोमल ओली

दैनिक नेपाल २०७७ कार्तिक १ गते १५:३०

दाङ, १ कात्तिक । राष्ट्रिय सभा सदस्य कोमल ओलीले पैसाको प्रलोभनमा हुने गरेको धर्म परिवर्तको क्रमलाई रोक्नुपर्ने बताएकी छिन् ।

पश्चिमाहरुले धार्मिक आक्रमण तीब्र पारेको भन्दै उनले पैसा दिएर क्रिश्चियन धर्ममा लैजाने कार्यलाई रोक्नुपर्नेमा जोड दिएकी हुन् । शनिबार तुलसीपुर–८ अश्वारामा निर्मित नवगदुर्गा भगवती मन्दिरको शिलान्यास गर्दै उनले आश र त्रासमा पारेर जबरजस्ती धर्म परिवर्तन गराउने काम भएकोमा चिन्ता व्यक्त गरेकी छिन् ।

नेपालको संविधानका लागि सबै धर्म समान रहेको भन्दै उनले जबरजस्ती धर्म परिवर्तन गराउन भन नपाइने जिकिर गरिन् । जबरजस्ती धर्म परिवर्तन गराउनेलाई कडा कारबाही हुने कानूनी व्यवस्था गरिएकाले सबै सजग हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित