शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

‘फोन–पे डाइरेक्टसँग, दशैं धन मौका’ योजना सार्वजनिक

दैनिक रू. १ लाख र बम्परमा रू. ५ लाखसम्म जित्न सकिने

दैनिक नेपाल २०७७ कार्तिक १ गते १४:२८

काठमाडौं, १ कात्तिक । नेपालीहरुको महान चाड दशैं तथा तिहारलाई लक्षित गर्दै फोन–पे पेमेन्ट सर्भिस लिमिटेडले ‘फोन–पे डाइरेक्टसँग, दशैं धन मौका’ योजना सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत फोन–पे डाइरेक्टमार्फत बैंक तथा वित्तीय संस्थामा अन्तरबैंक कारोबार गर्दा हरेक दिन १ लाख रूपैयाँ जित्न सकिने छ । सोमबार (कात्तिक १ गते) देखि कात्तिक १४ गतेसम्म सञ्चालन हुने यो योजनामा बम्पर उपहारमा रू. ५ लाख जित्न सकिने छ ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले फोन–पेले यस्तो योजना शुरू गरेको हो । यस योजनामा क्यूआर मार्फत गरिने भुक्तानीलाई भने समावेश गरिने छैन ।

फोन–पे बैंकिङ, वालेट तथा मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका ७ वटै प्रदेशमा पुगीसकेको छ । फोन–पेमा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेको कम्पनीले बताएको छ ।

जहाँबाट नेपालभरका मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ । साथै ई–सेवाका करिब ३५ लाख ग्राहकले यसबाट प्रत्यक्ष फाइदा लिइरहेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित