शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

दशैं मनाउन घर पुगेकी सांसद आईसीयूमा भर्ना

दैनिक नेपाल २०७७ कार्तिक १ गते १३:४५

काठमाडौं, १ कात्तिक । संसद्को महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाललाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आईसीयूमा भर्ना गरिएको छ ।

नेकपा सांसद पाल तीन दिनअघि दसैं मनाउन आफ्नो घर महेन्द्रनगर पुगेकी थिइन् । उनलाई घर पुगेकै दिन कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएलगत्तै महाकाली अस्पतालमा भर्ना भएकी पालको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं ल्याइएको हो । श्वासप्रश्वासमा कठिनाइ र सुख्खाखोकी धेरै भएका कारणले उनलाई कडाखालको औषधि चलाउनुपर्ने र प्लाज्मा थेरापी पनि गर्नुपर्ने भएकाले उपचारका लागि काठमाडौं ल्याइएको हो ।

प्रतिक्रिया
सम्बन्धित