बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

घटस्थापनाको साइतमा एलेक्स मार्ट शुरु

दैनिक नेपाल २०७७ कार्तिक १ गते १३:३१

सुर्खेत, १ कात्तिक । घटस्थापनाको साइत पारेर जाजरकोटका युवा महेश थापाले एलेक्स मार्ट एन्ड डिपार्टमेन्ट स्टोर शुरुवात गरेका छन् ।

लामो समय वैदेशिक रोजगारीको सिलसिलामा कोरिया बसेका थापा शिवालय गाउँपालिका उपाध्यक्ष कुमारी थापाका छोरा हुन् । ऊनी राजनैतिक तथा सामाजिक अभियानमा समेत सक्रिय छन् ।

उनले स्वदेशमा युवाहरू आत्मनिर्भर बन्नुपर्ने मान्यता राखेर डिपार्टमेन्ट स्टोर शुरुवात गरेको बताएका छन् । डिपार्टमेन्ट स्टोरले गुणस्तरमा कुनै प्रकारको सम्झौता नगर्ने थापाले प्रतिबद्धता गरेका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–८ स्थिति कटकुवा चोकमा एलेक्स मार्ट एन्ड डिपार्टमेन्ट स्टोर खुलेको हो ।

प्रतिक्रिया
सम्बन्धित