शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

‘लक्ष्य जिन्दगीको’ प्रदर्शनका लागि तयार

दैनिक नेपाल २०७७ कार्तिक १ गते १३:१९

काठमाडौं, १ कात्तिक । सामाजिक विषयमा केन्द्रित रहेको चलचित्र ‘लक्ष्य जिन्दगीको’ पोष्ट प्रोडक्सनको काम सम्पन्न भएको छ ।

चलचित्रको पोष्ट प्रोडक्सनको काम सकिएको निर्माता सुनिल राजभण्डारीले बताउनुभयो । पुस्कर घिमिरको निर्देशन रहेको चलचित्रमा कविता रोय, बिमला गिरी, सरिता राजोपाध्याय, जयन घिमिरे, पुस्कर राउत, प्रनिमा दाहाल, विमल पासवान, प्रदीप गिरी, भुपेन्द्रकुमार खडका, सुस्मिता मुढभरी, अशोक भुजेललगायत कलाकारको अभिनय रहेको छ ।

सावित्री राजभण्डारी र संयम राजभण्डारी कार्यकारी निर्माता रहेको ‘लक्ष्य जिन्दगीको’ मा मानिसले सफल जीवन व्यतित गर्नका गर्ने संघर्षलाई उधिनिएको निर्माता राजभण्डारीले बताए । चलचित्र संयम फिल्मस् प्रोडक्सन हाउस प्रालिको प्रस्तुतिमा निर्माण भएको हो ।

‘चलचित्र प्रदर्शनका लागि तयारी भएर बसेका छौं, परिस्थिति सहज भएपछि दर्शकमाझ आउने छौं’, सुनिलले भने ।

प्रतिक्रिया
सम्बन्धित