बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

महामारीमा क्यालिफोर्नियामा बन्यो लघु चलचित्र ‘पुरानो चस्मा’

दैनिक नेपाल २०७७ कार्तिक १ गते ७:४०

विजय थापा

डिसी । अमेरिकाका क्यालिफोर्नियामा बसोबास गर्ने नेपालीहरूले महामारीको समयमा लघु चलचित्र ‘पुरानो चस्मा’निर्माण गरेका छन् । अमेरिकामा बसोबास गर्ने नव विवाहित नेपाली जोडीको कथा रहेको छ ।

जव उनीहरूका बुवाआमा अमेरिका भ्रमण गर्न आएपछि कथाले अर्को मोड लिने चित्रण गरिएको छ । चलचित्रमा कलाकारहरूको भूमिकामा सुमेश कुइकेल, अनिल पाण्डे, बिनिता ढकाल, सरोज खड्का, मायादेवी कडरिया तथा निरु खत्री रहेका छन् ।

चलचित्रको सम्पादन उज्वल ढकालले गरेका छन् । ध्वनि मिश्रण रिभेलेसन अडियो प्रालिले गरेको छ । कथा, आलेख बिनयप्रसाद ढकालको रहेको छ । निर्देशन बिश्व शर्माको रहेको छ ।

अक्टोबर १६ ,२०२० का दिन लघु चलचित्र सार्वजनिक गरिएको छ । चलचित्रको अवधि कूल १६ मिनेट ५१ सेकेन्डको रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित