बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नायिका सना खानद्वारा फिल्म क्षेत्र छाड्ने घोषणा

दैनिक नेपाल २०७७ कार्तिक १ गते ७:०४

मुख्बई । बलिउड नायिका सना खानले बलिउड छोड्ने निर्णय गरेकी छिन् । सामाजिक संजालमा लामो पोस्ट लेख्दै उनले सोबिजको रंगिन संसार छाड्न लागेको बताएकी हुन् ।

‘दाजुभाइ तथा दिदीबहिनी, आज म मेरो जिन्दगीको महत्वपूर्ण मोडको बारेमा तपाईंहरूसँग कुरा गर्दैछु’, उनले भनेकी छिन्, ‘म वर्षौंदेखि शोबिजमा छु र यसबाट मलाई नाम, इज्जत र पैसा आयो जसका लागि आभारी छु ।’

‘केही दिनदेखि मलाई मानिस यो दुनियाँमा आउनुको मतलब के धन र इज्जतमात्र कमाउन हो त ? के बेसहाराको सेवामा जिवन बिताउनु उसको कर्तव्य होइन ?’, प्रश्न गर्दै उनले भनेकी छिन्, ‘के मान्छेले उसको मृत्यु जतिबेला पनि हुनसक्छ भनेर सोच्नुपर्दैन ?’

‘मलाई यी प्रश्नको उत्तरको खोजी वर्षौदेखि थियो । खासगरी दोश्रो प्रश्नको । मरेपछि ऊ के हुने हो भन्ने ?’, उनले भनेकी छिन्, ‘मैले यी प्रश्नको उत्तर धर्ममा खोजें र त्यहाँबाट मलाई थाहा भयो यो दुनियाँको जीवन त मृत्युपछिको जीवन राम्रो बनाउनलाई रहेछ ।’

‘मानिसले उसलाई सिर्जना गर्ने भगवानको चाहाना अनुसार जिन्दगी बिताउँदा यो अझ राम्रो हुनेछ । मात्र सम्पति र नामलाई आफ्नो लक्ष्य बनाउन भएन’, सना खानले भनेकी छिन्, ‘त्यसको सट्टा पापको जीवनबाट बचेर मानवताको इज्जत गर्नुपर्छ । आफूलाई ल्याउनेले बताएको बाटोमा चल्नुपर्छ ।’

‘त्यसैकारणले मैले आज शोबिजको जीवन छोडेर मानवताको सेवामा र मलाई जन्माउने भगवानको बाटोमा हिँड्ने दृढ अठोट लिएको छु’, सना खानले भनेकी छिन्, ‘म मेरा तमाम दाजुभाइ तथा दिदीबहिनलाई मलाई शोबिजमा काम गर्नका लागि नबोलाउन अनुरोध गर्दछु । धेरै धेरै धन्यवाद ।’

५० भन्दा बढी विज्ञापनमा काम गरिसकेकी सनाले आफ्नो करियरको सुरूवात सन् २००५ मा आएको ‘सोसाइटी’ नामको सिनेमाबाट गरेकी थिइन् । ‘विग बोस’को छैटौं संस्करणमा सहभागी बनेकी थिइन् । यसबाट उनले राम्रो चर्चा बटुलिन् । त्यसपछि उनले सलमान खानसँग ‘जय हो’ फिल्ममा काम गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित