
काठमाडौं, ३० असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४ सय २ जना कोरोना संक्रमित थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार काठमाडौंमा १ हजार ७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ जना नयाँ संक्रमित थप भएका छन् ।
शुक्रबार देशभर ४ हजार ३९२ जना नयाँ संक्रमित थप भएका छन् । पछिल्लो २४ घण्टामा १६ हजार ५३१ जनाको पिसिआर परीक्षण गरिएको थियो ।















प्रतिक्रिया