शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

मठमन्दिर खुला नगर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

दैनिक नेपाल २०७७ असोज ३० गते १६:०२

काठमाडौं, ३० असोज । दशैंका बेला मठमन्दिरहरु खुला गर्ने चर्चा चलिरहेका बेला गृह मन्त्रालयले भने नित्यपूजाबाहेक मन्दिर खुला नगर्न निर्देशन दिएको छ ।

७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बिहीबार परिपत्र गर्दै दसैंमा नित्यपूजाबाहेक अरू पूजाका लागि मठमन्दिर तथा शक्तिपीठ नखोल्न निर्देशन दिएको हो ।

मठमन्दिर खोल्नेबारे मन्त्रिपरिषदले कुनै निर्णय नगरेको तथा कोरोनाको जोखिम तीव्र रुपमा वृद्धि भइरहेकाले तत्काल मठमन्दिरहरु नखोल्न निर्देशन जारी गरेको मन्त्रालयले बताएको छ ।

दशैंको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपिठहरू खोल्नुपर्ने मन्दिर व्यवस्थापकहरूले धारणा व्यक्त गर्दै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित