शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कांग्रेस नेता नारायणप्रसाद आङ्दम्वेको निधन

दैनिक नेपाल २०७७ असोज ३० गते १५:४२

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं प्रजातन्त्र सेनानी ८३ वर्षीय नारायणप्रसाद आङ्दम्वेको आज निधन भएको छ ।

फाल्गुनन्द गाउँपालिका–१ स्थित आफ्नै निवासमा उनको निधन भएको हो । नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका उनका श्रीमती, ५ जना छोरा र १ जना छोरी छन् ।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । आङ्दम्वेले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्याएको योगदानको स्मरण गर्दै सभापति देउवाले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

साथै, आत्माको चीर शान्तिको कामनाका साथ सबै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित