१ कार्तिक २०८३, आइतबार

अत्यावश्यकबाहेक भक्तपुर जिल्ला प्रशासन कार्यालय बन्द

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । अत्यावश्यक कामबाहेक भक्तपुर जिल्ला प्रशासन कार्यालयको सम्पूर्ण सेवा बन्द गरिएको छ ।

कार्यालयले शान्ति सुरक्षा, ठाडो निवेदन तथा उजुरीसम्बन्धी सुुनुवाई र विपद व्यवस्थापनसम्बन्धीबाहेक अरु सेवा बन्द गरेको हो ।

प्रशासकीय अधिकृत यज्ञराज जोशीले सूचना जारी गरी काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेको र कार्यालयकै कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएकाले जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार कात्तिक २ गतेदेखि सेवा बन्द हुने जानकारी दिएका छन् ।