१ कार्तिक २०८३, आइतबार

सहकारी बैंकद्वारा सल्लाहकार चयन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, ३० असोज । राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिले ८ जनालाई सल्लाहकार मनोनयन गरेको छ ।

सञ्चालक समितिको बिहीबार बसेको वैठकले सल्लाहकारहरुमा केशव प्रसाद बडाल, दिपक प्रकाश बास्कोटा, धर्मदत्त देवकोटा, प्रा.डा. विश्वम्भर प्याकुरेल, भागवत श्रेष्ठ, पशुपति चौलागाई, राधा घले र मीनराज कँडेललाई चयन गरेको हो ।

बैंकमा विगतमा ९ जनाको सञ्चालक समिति रहँदा ७ सदस्यीय सल्लाहकारको व्यवस्था रहेको थियो । १५औं वार्षिक साधारणसभाबाट १५ सदस्यीय सञ्चालक समितिको व्यवस्था भएपछि बढीमा ९ सदस्यीय सल्लाहकारको व्यवस्था गरिएको बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए ।

बैंकमा हाल १२ हजार भन्दा बढी शेयर सदस्य, २ अर्ब ३९ करोड शेयर पूँजि, ५१ अर्ब ७४ करोड निक्षेप र २४ अर्ब ३९ करोड कर्जा लगानी रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।

बैंकले हाल ४४ शाखामार्फत देशभरका सहकारी संघ संस्थाहरुलाई सेवा दिँदै आएको छ । हालै राष्ट्रबैंकले थप २४ वटा शाखा सञ्चालनका लागि अनुमति दिएको र नयाँ शाखा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको गुरागाईले बताए ।