१ कार्तिक २०८३, आइतबार

प्रहरी अस्पताल महाराजगञ्जमा टेलिमेडिसिन सेवा शुरू

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा टेलिमेडिसिन सेवा शुभारम्भ गरिएको छ ।

६५औं प्रहरी दिवस २०७७ को उपलक्ष्यमा सञ्चालनमा ल्याइएको उक्त सेवाको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिहीबार अस्पतालमा आयोजित कार्यक्रमबीच उद्घामटन गरे । साथै उनले उक्त सेवाको निरीक्षण समेत गरेका छन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले विभिन्न सेवामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार प्रदान गर्दै टेलिमेडिसिन सेवा अहिलेको परिवेशमा निकै सन्दर्भिक रहेको तथा दूरदराजमा भएका प्रहरी कर्मचारीहरुले अस्पतालको सेवा प्राप्त गरी लाभान्वित हुने उल्लेख गगरे ।

प्रारम्भमा परामर्शको सेवा प्रदान गर्ने रुपमा सञ्चालन हुने टेलिमेडिसिन सेवालाई आगामी दिनमा थप परिस्कृत गरेर औषधि पनि वितरण गर्न सक्ने प्रणालीमा विकास गर्न सकेमा प्रहरी कर्मचारीहरु अझ बढी लाभान्वित हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले त्यसतर्फ अस्पताल प्रशासन अगाडि बढ्ने विश्चास व्यक्त गरे ।

कोभिड(१९ भाइरसबाट सिर्जित विषम परिस्थितिमा नेपाल प्रहरी अस्पतालबाट भएको उपचार लगायत विविध क्रियाकलापको प्रशंसा गर्दै उनले अस्पतालका सेवाग्राहीप्रति शिष्ट व्यवहारका साथ प्रस्तुत हुन कार्यरत प्रहरी कर्मचारीहरुलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले टेलिमेडिसिन सेवाबारे प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रिय स्वास्थ्य नीति २०७६ मा ई-हेल्थलाई संस्थागत गर्दै मोबाइल हेल्थ, टेलिमेडिसिन लगायत अन्य आधुनिक प्रविधिको विकास, विस्तार तथा नियमन गर्ने ब्यवस्था भए अनुरुप सेवा सञ्चालन गरिएको जानकारी दिए ।