१ कार्तिक २०८३, आइतबार

उद्योग वाणिज्य महासंघको अधिवेशन मंसिर ११ देखि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिरमा हुने भएको छ ।

सिर ११ देखि १३ गतेसम्म काठमाडौंमा साधारणसभा र निर्वाचन हुने महासंघले जनाएको छ । उद्घाटन कार्यक्रम मंसिर ११ गते अपरान्ह ४ बजेका लागि निर्धारण गरिएको महासंघले बताएको छ ।

उक्त समारोह भर्चुअल माध्यमबाट गरिने महासंघको भनाइ छ । यस्तै १२ गते बन्द सत्र र १३ गते निर्वाचन हुने छ ।

कार्यक्रमहरु नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की ब्याङ्केट बबरमहल र महासंघ कार्यालय टेकुमा हुने बताइएको छ ।