बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

बलात्कारविरुद्ध कडा कानून ल्याउने प्रधानमन्त्रीको घोषणा

दैनिक नेपाल २०७७ असोज ३० गते १०:३९

काठमाडौं, ३० असोज । एसिड आक्रमणविरुद्ध कडा सजायको व्यवस्था गरेको सरकारले बलात्कारविरुद्ध पनि कडा कानून ल्याउने तयारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारविरुद्ध कडा कानून ल्याउने तयारीगरेको बताएका छन् । ६५औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘‘एसिड आक्रमणकारीविरुद्ध कडा कानून ल्याएका छौं । एसिडलगायत बलात्कार अपराधविरुद्ध कडा कानून बनाउने विषयमा सोचिरहेका छौं । सामाजिक अपराधविरुद्ध कुनै सम्झौता हुँदैन ।’

बलात्कारजस्ता जघन्य अपराधलाई समेत मिलापत्र गराउने कार्यप्रति कडा रुपमा प्रस्तुत हुन समेत प्रधानमन्त्री ओलीले प्रहरीलाई निर्देशन दिए ।

प्रहरीले आपराधिक कटनामा कुनै पनि सम्झौता गर्न नहुने प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया
सम्बन्धित