शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

आगामी शुक्रबार ‘लक्ष्मी पूजा’ रिलिज हुने, डान्सिङ नम्बरको गीत ‘फुर फुर पुतली’ सार्वजनिक

दैनिक नेपाल २०७७ असोज ३० गते ९:२०

काठमाडौं, ३० असोज । कात्तिक ७ गते फूलपातीको दिन चलचित्र ‘लक्ष्मी पूजा’ रिलिज हुने भएको छ ।

उक्त चलचित्रको डान्सिङ नम्बरको गीत ‘फुर फुर पुतली’ हालै सार्वजनिक भएको छ । माण्डवी त्रिपाठी र अंकित न्यौपानेको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द तथा विपिन आचार्यको संगीत र एरेन्ज छ ।

गीतमा सलोन बस्नेत, रियाशा दाहाल, जयकिशन बस्नेत, अस्मिता जुरेलीलगायत फिचर्ड छन् । गीत बुढासुब्बा डिजिटलबाट सार्वजनिक भएको हो ।

गीतमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, गौतमराज खड्काको सम्पादन छ । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा समिर मियाँको निर्देशन तथा शोभित बस्नेतको निर्माण छ ।

फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ । फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् ।

निर्माता शोभितका अनुसार फिल्म डिसहोम, म्याक्स डिजिटल र नेट टिभीमा प्रदर्शन हुनेछ । जाहान्वीको शीर्ष भूमिका रहने फिल्ममा उनी दोहोरो भूमिकामा देखिँदैछिन् । फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व र जयकुमार दर्लामीको छायांकन रहेको छ ।

भिडियो पनि हेर्नुहोस्–

प्रतिक्रिया
सम्बन्धित