बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

‘संस्कार’का लागि निशान र अस्मिताले गाए चितवनको एयरपोर्ट…

दैनिक नेपाल २०७७ असोज ३० गते ९:११

काठमाडौं, ३० असोज । किशोर चौधरीको निर्देशनमा ‘संस्कार’ नामक फिल्म निर्माण हुने भएको छ ।

फिल्ममा समावेश ‘चितवनको एयरपोर्ट…’ बोलको गीत बुधबार रेकर्ड गरियो । किशोर चौधरीको शब्द र चन्द्रज्योति ढुंगानाको संगीत रहेको गीतमा निशान भट्टराई र अस्मिता अधिकारीको स्वर छ ।

दिनेश कुँवर निर्माता रहेको फिल्मको स्क्रिप्ट पनि निर्माता दिनेशकै हो । बास्सा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म पारिवारिक कथामा बन्ने छ । तिहारपछि सुटिङ गरिने ‘संस्कार’मा मनोरञ्जनका साथै समाजोपयोगी सन्देश समेत रहने निर्माता दिनेशले जानकारी दिए ।

फिल्मको सहनिर्मातामा राजु अधिकारी, सुमन तेन्जल र हरि भण्डारी छन् । तनहुँ, पोखरा र वीरगञ्जमा खिचिने फिल्ममा दिनेश प्रमुख भूमिकामा रहने छन् भने अन्य कलाकारको चयन प्रक्रिया जारी छ । गीतको शब्द तथा संगीत निकै मन परेकाले दर्शक स्रोतालाई पनि मन पर्ने बिश्वास निशान र अस्मिताले व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित